(१) स्वास्थ्य हेरचाह गर्ने निकायका प्रमुखहरु तथा राष्ट्रिय र स्थानीय स्वास्थ्य अधिकारीहरुले यो ऐनको सिद्धान्तलाई प्रवद्र्धन गर्न तथा
स्तनपानलाई संरक्षण र प्रोत्साहन गर्न उपयुक्त उपायहरु अपनाउनु पर्नेछ र स्वास्थ्य कार्यकर्ताहरुलाई तिनीहरुको जिम्मेवारीको सम्बन्धमा उपयुक्त जानकारी एवं सल्लाह दिनु पर्नेछ साथै स्वास्थ्य कार्यकर्तालाई दफा ७ मा उल्लेखित सबै कुराहरुको जानकारी निश्चित रुपमा दिनु
पर्नेछ ।
(२) स्वास्थ्य कार्यकर्ताहरुले स्तनपानलाई संरक्षण, सम्वद्र्धन र प्रोत्साहन गर्नु पर्नेछ । तिनीहरुले यो ऐनका प्रावधानहरु खासगरी दफा ७ मा उल्लेखित कुराहरुको जानकारी राखी यथासम्भव ती प्रावधानहरु कार्यान्वयन गर्नु पर्नेछ ।
(३) स्वास्थ्य कार्यकर्ताहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्तनपानको प्रारम्भ र विस्तारलाई रोक्ने काम गर्न दिनु हुँदैन ।
(४) स्वास्थ्य कार्यकर्ताहरुले उत्पादक वा वितरकबाट कुनै पनि किसिमले आर्थिक वा भौतिक उपहार स्वीकार गर्नु हुँदैन ।
(५) स्वास्थ्य कार्यकर्ताहरुले कसैलाई कुनै उत्पादनको नमूना दिनु हुँदैन ।
(६) स्वास्थ्य कार्यकर्ताहरुले कुनै पनि तरिकाले उत्पादनको प्रवद्र्धन गर्नु हुँदैन ।
(७) स्वास्थ्य कार्यकर्ताहरुलाई उत्पादक वा वितरकले कुनै उपहार वा अन्य आर्थिक सुविधा दिन खोजेको वा कसैले यस ऐनको अन्य कुनै प्रावधान उल्लङ्घन गरेको जानकारी हुन आएमा सो को प्रतिवेदन लिखित रुपमा आफनो संस्थाको प्रमुखलाई दिनु पर्नेछ र प्रमुखले पनि
सो कुरा यथाशीघ्र समितिलाई जानकारी गराउनु पर्नेछ ।